एनएमबि बैंकको एपबाट हेटौँडा खानेपानीको महसुल तिर्न सकिने

हिमाल प्रेस ९ पुष २०८० १३:५१ | Monday, December 25, 2023
एनएमबि बैंकको एपबाट हेटौँडा खानेपानीको महसुल तिर्न सकिने

काठमाडौँ– एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ। यसअनुसार मोबाइल बैंकिङ ‘ईएनएमबी एप’बाट हेटौँडा खानेपानीको महसुल तिर्न सकिने भएको छ।

हेटौँडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा अतिथिको रूपमा उपस्थित थिइन्। कार्यक्रममा एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द बैंकर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६७ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ९ पुष २०८० १३:५१ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast