आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

हिमाल प्रेस ८ पुष २०८० १६:५५ | Sunday, December 24, 2023
आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

काठमाडौँ– नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो।

मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा उपयोगी हुने यस भ्यान १४ सिट क्षमताको छ। हाइलोङ अटोमोबाइल ब्राण्डका गाडी चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन्।

हाइलोङको स्थानीय साझेदार आक्र्स ग्रुप ४५ वर्षदेखि व्यवसायमा सक्रिय छ। यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव छ।

प्रकाशित: ८ पुष २०८० १६:५५ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast