मिनेन्द्र रिजाल भन्छन् : मुलुक कुशासनमा नाच्यो

हिमाल प्रेस ६ पुष २०८० १७:११
8
SHARES
मिनेन्द्र रिजाल भन्छन् : मुलुक कुशासनमा नाच्यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन्। शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले यस्तो बताएका हुन्।

उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए। उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु मुख्य कारण भएको उल्लेख गरे।

उनले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए। उनले कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कहीँ पुग्न नसक्ने बताए।

उनले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताए। उनले अर्थतन्त्र सवल बन्ने सबै आधारहरू बने स्वदेशी तथा विदेशी लगानीकर्ताहरू नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए।

प्रकाशित: ६ पुष २०८० १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast