सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘एक्चुरियस फर टुमारो’ कार्यक्रम सम्पन्न

हिमाल प्रेस ६ पुष २०८० १२:५० | Friday, December 22, 2023
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘एक्चुरियस फर टुमारो’ कार्यक्रम सम्पन्न

काठमाडौँ– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल बिमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन)को उपस्थितिमा बिमा कम्पनीहरूको एक्चुरियल कार्यसम्बन्धी एक दिनको ‘एक्चुरियस फर टुमारो’ शीर्षकमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरूलाई बिमांकी तथा अन्य बिमासम्बन्धी प्राविधिक कार्यअन्तर्गतका प्रस्तुति तथा छलफल प्रस्तुत गरेका थिए।उनले जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको एक्चुरियल भ्यालुएसन, बिमालेख तयार गर्नेजस्ता अन्य प्राविधिक कार्य गर्नको लागि कम्पनी भित्र नै एक्चुरीसम्बन्धी अध्ययन गरेको कर्मचारी भएमा प्रभावकारी हुने र भोलिको दिनमा रिस्क बेस्ड क्यापिटल, आईएफआरएस १७ जस्ता अन्य कार्यक्रम कम्पनीमा सञ्चालन गर्नको लागि एक्चुिरयलसम्बन्धी कर्मचारी कम्पनी भित्रै हुनु आवश्यक रहेको कुरामा जोड दिए।

सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखद्वारा नेपालमा नै एक्चुरीहरुको विकास भएमा मात्रै बिमा क्षेत्रको विकास हुने र विकासको लागि कम्पनीबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए। बिमा प्राधिकरणका निर्देशक सुशील सुवेदीले नेपालमा एक्चुरीहरुको अभाव रहेको, नेपालमा नै एक्चुरीसम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहेनत गरिएमा नेपालमा नै एक्चुरीहरुको उत्पादन तथा विकास गर्न सकिने बताए।

प्रकाशित: ६ पुष २०८० १२:५० | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast