कुमारी बैंक र कर्जा सुरक्षण कोषबीच सम्झौता

हिमाल प्रेस ५ पुष २०८० १७:५९ | Thursday, December 21, 2023
कुमारी बैंक र कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ। आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीज्’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न कोषसँग सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंकमार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीज्’को पोर्टफोलियो सुरक्षण गर्नेछ। यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ।

कुमारी बैंक लिमिटेडले नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिससँगको साझेदारीमा काम गर्दै आएको छ। जसअन्तर्गत बैंकले सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको छ। साथै बैंकले प्राविधिक विशेषज्ञतामार्फत आईटी कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवद्र्धन गर्दै आएको यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिनभनेससँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ।

प्रकाशित: ५ पुष २०८० १७:५९ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast