ग्लोबल आइएमई बैंकलाई भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड

हिमाल प्रेस ५ पुष २०८० १७:१३ | Thursday, December 21, 2023
ग्लोबल आइएमई बैंकलाई भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो।

बैंकले हालैमात्र भिसासँगको सहकार्यमा भिसा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ। क्यूआरमार्फत भर्चुअल भिसा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो दाबी गरिएको छ।

ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ एकाइ छन्। यसका साथै ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरि ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

प्रकाशित: ५ पुष २०८० १७:१३ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast