भिभोको छैठौँ वार्षिकोत्सवमा सेल्स कार्निभल

हिमाल प्रेस ४ पुष २०८० १६:१६
भिभोको छैठौँ वार्षिकोत्सवमा सेल्स कार्निभल

काठमाडौँ– टेक्नोलोजी ब्रान्ड भिभोको नेपालमा स्थापनाको ६ वर्ष पूरा भएको छ। छैठौँ वार्षिकोत्सवको अवसरमा भिभोले ग्राहकहरूका लागि सेल्स कार्निभलको अफर ल्याएको हो।

यो सेलिव्रेसनले भिभोले नेपालमा भित्र्याएको नवीनता, प्रविधि र कनेक्टिभिटीको सारलाई प्रतिध्वनित गर्दछ। भिभोले आफ्ना ग्राहकवर्गसँग उत्सवको उत्साहलाई बाँढ्दै सबैलाई आकर्षक अफर तथा पुरस्कार प्रदान गर्न आफ्नो वार्षिक डिसेम्बर सेल्स कार्निभल घोषणा गरेको हो। यो सेल्स कार्निभल डिसेम्बर ७ तारिखदेखि ५ जनवरीसम्म सञ्चालनमा रहने छ।

भिभोको नोभेम्बर २०२३ को समग्र सेल्स १७८ प्रतिशतलले वृद्धि भएको छ। हरेक भिभो स्मार्टफोन खरिदमा ग्राहकहरुले नयाँ प्रविधिसँगै लक्की ड्रमा सामेल भएर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

भिभो वाई–२७ एस खरिद गर्ने पहिलो एक हजार ग्राहकले नयाँ स्मार्टफोनको साथै ६ महिनासम्मको थप वारेन्टी पाउनेछन्। साथै एक जना बम्पर पुरस्कार विजेताको जोडीले दुबई घुम्ने अवसर प्राप्त गर्नेछन्।

ग्राहकहरूले लक्की ड्रमा भिभोको नयाँ भी सिरिजका स्मार्टफोनदेखि, रिभरसङ् इयरबडहरू, एक महिनासम्म निशुल्क स्क्रिन रिप्लेसमेन्ट, स्पिकर, साइड ब्याग, तथा बोतल जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

यसै उत्साहका बीचमा भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन वाई–१७ एस (४ जीबी+१२जीबी) सार्वजनिक गरेको छ। यो नयाँ स्मार्टफोनमा शक्तिशाली ५००० एमएएचको ब्याट्री, मिडियाटेक जी–८५ प्रोसेसर रहेको छ।

फरेस्ट ग्रीन र ग्लिटर पर्पल रंगमा उपलब्ध यस स्मार्टफोनमा सेल्स कार्निभलकै सबैभन्दा आकर्षक अफरमध्ये यो स्मार्टफोन निकै सुलभ मूल्य १४ हजार ९९९ मा उपलब्ध हुनेछ। भिभोले पहिला नै वाई–१७ एस (६ जीबी+१२८ जीबी) १६ हजार ९९९ मा सार्वजनिक गरेको थियो।

प्रकाशित: ४ पुष २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =