काठमाडौँ– कुमारी बैंक लिमिटेडले क्रिस्मस, यःमरी पुन्ही तथा तमु ल्होसारलाई लक्षित गरी फेस्टिभ अफर ल्याएको छ।
बैंकले नागरिक बचत खातामा आफ्ना ग्राहकको सेवा–सुविधालाई ख्याल गर्दै चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको हो। पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रदान गर्नेछ। खातामा भने न्यूनतम रकम एक हजार हुनुपर्नेछ। उक्त सुविधा नागरिक बचत खातामा मात्र लागू हुने बैंकले जनाएको छ।
कुमारी बैंकका देशभर ३०९ शाखा, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ एकाइ तथा ४९ एक्स्टेन्सन काउन्टर छन्।
प्रकाशित: ४ पुष २०८० १२:३९ | Wednesday, December 20, 2023
प्रतिक्रिया



