विदेश पठाउने भन्दै ४६ लाख रकम ठगी!

हिमाल प्रेस ३ पुष २०८० १९:१६ | Tuesday, December 19, 2023
विदेश पठाउने भन्दै ४६ लाख रकम ठगी! सांकेतिक तस्बिर।

म्याग्दी- वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा सजाय तोकिएका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र ४६ लाख १७ हजार एक सय जरिबाना तोकिएका मंगला गाउँपालिका-४ (साविक बरङ्जा गाविस)–८ का ४३ वर्षीय गंगाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

विदेश नपठाएको र संकलन गरेको रकम फिर्ता नगरेपछि ९ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए। रोकाले एक जनाबाट दुई लाखदेखि दश लाखसम्म ठगी गरेका थिए।

प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मंगलबार उनीमाथि लागेको दण्ड जरिबाना असुल उपरका लागि म्याग्दी जिल्ला अदालतमा पेस गरिएको छ।

प्रकाशित: ३ पुष २०८० १९:१६ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast