कोशीमा सभामुख चयनको प्रक्रिया अघि बढ्दै

हिमाल प्रेस ३ पुष २०८० १०:१४ | Tuesday, December 19, 2023
कोशीमा सभामुख चयनको प्रक्रिया अघि बढ्दै कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालिएको हो। गौतमले गत साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए।

उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल सुरु गरिएको बताइन्। अब प्रदेशसभाको अर्को बैठक बुधबार बस्दैछ।

उपसभामुख दनुवारले बुधबारको प्रदेशसभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैका लागि दलहरूसँग छलफल गरिरहेको बताइन्।

९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन्।

कोशीमा राप्रापलाई सभामुख दिने तयारी भइरहेको गठबन्धन दलका नेताहरूले बताएका छन्।

प्रकाशित: ३ पुष २०८० १०:१४ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast