लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच सम्झौता

हिमाल प्रेस २ पुष २०८० १७:४५ | Monday, December 18, 2023
लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच सम्झौता

काठमाडौँ– लुम्बिनी विकास बैंकले बल्खु काठमाडौँमा रहेको बयोधा अस्पतालसँग सम्झौता गरेको छ।

बैंकका कर्मचारी एवम् डेबिट कार्डका ग्राहक तथा मोबाइल बैकिङ प्रयोगकर्ता साथै निक्षेपकर्तालाई विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौँस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने छ। सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिन्दकुमार साहले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २ पुष २०८० १७:४५ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast