बुद्धिसागरको लेखनमा ‘के घर के डेरा’ को सिक्वेल बन्ने

हिमाल प्रेस १ पुष २०८० १२:३७ | Sunday, December 17, 2023
बुद्धिसागरको लेखनमा ‘के घर के डेरा’ को सिक्वेल बन्ने

काठमाडौँ–  गत वर्ष तिहारमा प्रदर्शन भएको फिल्म ‘के घर के डेरा’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्देशक दिपेन्द्र के खनालले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेका हुन्।

फिल्मको नाम ‘के घर के डेराः घर नं २’ राखिएको छ। पोस्टरमा घर बाहिर फिल्मको नाम लेखिएको नम्बर प्लेट टाँसिएको देख्न सकिन्छ। नेपथ्यमा रातो रङको साढे दुई तलाको घरमा लुगा सुकाइएको छ। पर्खालबाहिर हरियो साइकल पनि छ।

फिल्म पुरै सिक्वेल नभएर अर्को घरको कथामा बन्न लागेको निर्देशक खनालले बताएका छन्। फिल्ममा कलाकारको छनोट भइरहेको छ।

साहित्यकार बुद्धिसागरले फिल्मको कथा लेख्नेछन्। बुद्धिसागरका ‘एक्लो’ ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’ लगायत उपन्यास चर्चित छन्। फिल्म आगामी वर्ष तिहारमा प्रदर्शन गरिने पोस्टरमा लेखिएको छ।

फिल्म  ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनसँगको सहकार्यमा बन्न लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast