एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रम प्रभावकारी

हिमाल प्रेस २९ मंसिर २०८० १७:३५
एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रम प्रभावकारी

काठमाडौँ– एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहँुच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति नै सावित भएको छ।
यो कार्यक्रमको सफलतासँगै बागमती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागू गरेको छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहलअन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ यो कार्यक्रम सुरु गरिएको थियो।  पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजारभन्दा बढी घरधुरीका ८० हजारभन्दा बढी स्थानीयबासीले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन्।

सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पतालअन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालनमा रहेको छ। स्थानीयले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायत रोगको उपचार सेवा पाइरहेका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो कार्यक्रमले समुदायको विकासमा ठूलो योगदान पु¥याएको बताए। उनले भने, ‘एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्‍याउन प्रतिवद्ध छ। डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पु¥याउँदै, प्रविधि र डाटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी छौँ।’


यो कार्यक्रमको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो। जसअन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन्।

सामुदायिक स्वास्थ्य केन्द्रले त्यहाँका स्थानीय मानिसको स्वास्थ्यसम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन्। उनीहरुको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्यांकमा आधारित भइ आवश्यक कार्य पनि गरिन्छ।

एनसेलको धुलिखेल अस्पतालसँगको यो संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण छाप छोड्न सफल भएको छ। धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई रेप्लिकेट गरेको छन् भने अन्य नगरपालिकाहरुले यसको कार्यान्वयन गर्न चासो राखेका छन्।

यसैगरी चारवटा सामुदायिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सफल सञ्चालनपछि बागमती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएको छ।

धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्यूनिटी प्रोग्राम डाइरेक्टर डा. विराज कर्माचार्यले भने, ‘एनसेल र धुलिखेल अस्पतालको यो सहकार्यले दूरदराजका समुदायलाई स्वास्थ्य सेवाको पहँुच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको छ। बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामिण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ्को सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ। यी अस्पताल र स्वास्थ्य केन्द्रका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रूपमा रही सेवा प्रदान गर्दैछ र यसले १ लाख ५० हजारभन्दा बढी स्थानियहरुलाई टेलिमेडिसिन सेवाको लाभ दिनेछ।’

अत्याधुनिक टेलिमेडिसिन किटमार्फत दूरदराजमा रहेका स्थानीयले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमार्फत आफ्नै गाउँठाउँमा धुलिखेलमा रहेका विषेशज्ञ डाक्टरबाट स्वास्थ्यसम्बन्धी परामर्श लिन सक्छन्। उनीहरूलाई धुलिखेल अस्पताल वा नजिकैको अन्य कुनै अस्पतालमा गइरहनु पर्ने आवश्यकता रहन्न।

एनसेलको सीएसआरअन्तर्गत स्वास्थ्य क्षेत्र उच्च प्राथमितामा रहेको क्षेत्रमध्ये एक हो। डिजिटल प्रविधिमा आधारित भई यस किसिमको स्वास्थ्य सेवा प्रदान गर्न एनसेलले २०१९ देखि धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएको छ।

प्रकाशित: २९ मंसिर २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast