आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्रे

हिमाल प्रेस २९ मंसिर २०८० १३:१९ | Friday, December 15, 2023
आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्रे प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– मुग्लिन पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्रे भएको छ। पोखरा सडक विस्तार आयोजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्रे गरेको हो।

योसहित पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर एकतर्फी कालोपत्रे सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन्। गत मङ्सिर २२ गते आँबुखैरेनी –३ गाउँपालिकाचोकदेखि पहिले कालोपत्रे भइसकेको मार्कीचोकसम्म थप कालोपत्रेको काम अगाडि बढाइएको थियो।  उनले भने, ‘यसअघि बरादीदेखि मार्कीचोकसम्म कालोपत्रे भइसकेको खण्डमा गाउँपालिका चोकदेखि कालोपत्रे जोडिएको छ। अब अर्कोतर्फ कालोपत्रेको काम अगाडि बढाउने तयारी छ।’

यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरू गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे भइसकेको छ। पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ। यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ।

प्रकाशित: २९ मंसिर २०८० १३:१९ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast