पोखराको नागढुंगामा सेरेसको थ्री एस सुविधासहितको शोरुम

हिमाल प्रेस २९ मंसिर २०८० १२:१३ | Friday, December 15, 2023
पोखराको नागढुंगामा सेरेसको थ्री एस सुविधासहितको शोरुम

पोखरा– सेरेसले पोखराको नागढुंगामा थ्री एस सुविधासहितको शोरुम सुरु गरेको छ। नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस) सुविधासहितको शोरुम पोखरामा थापा मोटर्स प्रालिसँगको सहकार्यमा सुरु गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एमएडब्लू ग्रुपका चिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले शोरुमको उद्घाटन गरेका छन्।

शोरुम उद्घाटनको अवसरमा २ जना ग्राहकलाई थापा मोटर्सले सेरेस ईभी हस्तान्तरण गरेको छ। सेरेस थ्री र मिनी ईभी हस्तान्तरण गरिएको हो। सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो। यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशमा फैलिइसकेको छ।

सेरेस हुवावेको निर्माण साझेदार हो। यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ। नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडल उपलब्ध गराएको छ। सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजारबाट सुरू हुन्छ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छ। लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रहेको छ।

प्रकाशित: २९ मंसिर २०८० १२:१३ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast