कुमारी बैंकद्वारा कर्जाको प्रिमियमदर ३.५ प्रतिशत कायम

हिमाल प्रेस २८ मंसिर २०८० १७:३९
कुमारी बैंकद्वारा कर्जाको प्रिमियमदर ३.५ प्रतिशत कायम

काठमाडौँ– कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियमदर घटाउने निर्णय गरेको छ। बैंकले जनवरी १ (पुस १६) गतेदेखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत कायम गर्ने निर्णय गरेको हो।

नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका सबै प्रकारका कर्जामा लागू हुनेछ। बैंकले आर्थिक गतिविधि थप चलायमान बनाउन उक्त निर्णय लिएको बताएको छ।

प्रकाशित: २८ मंसिर २०८० १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =