प्याब्सन र एनआईएमबीबीच सम्झौता

हिमाल प्रेस २८ मंसिर २०८० १४:०५ | Thursday, December 14, 2023
प्याब्सन र एनआईएमबीबीच सम्झौता

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याब्सनबीच सम्झौता भएको छ।

काठमाडौँमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सम्झौता गरिएको हो। कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ। साथै डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ।

प्रकाशित: २८ मंसिर २०८० १४:०५ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast