मेनुकाको स्वरमा ‘सलार’को गीत ‘सुरज ही छाँव बन्के’ सार्वजनिक

हिमाल प्रेस २८ मंसिर २०८० १२:०९ | Thursday, December 14, 2023
मेनुकाको स्वरमा ‘सलार’को गीत ‘सुरज ही छाँव बन्के’ सार्वजनिक

काठमाडौँ– बलिउड फिल्म ‘सलार’को गीत ‘सुरज ही छाँव बन्के’ सार्वजनिक भएको छ। गीतमा नेपालकी मेनुका पौडेलले स्वर दिएकी छिन्। ‘इन्डियन आइडल’ काे चौधौं सिजनमा प्रतिष्पर्धा गरिरहेकी मेनुकाकाे प्रस्तुतिले यतिबेला उनी विश्वभर चर्चा बटुलिरहेकी छन्।

इन्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकालेनै आफूले ‘सलार’ फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन्।

हम्बेल पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गीतमा रिया मुखर्जीको शब्द र रवि बसरुरले संगीत भरेका छन्। लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा कलाकार प्रभास र पृथ्वीराज सुकुमारनलाई देख्न सकिन्छ।

मेनुकाले यही गीतबाट बलिउड फिल्मको पाश्र्व गायनमा डेब्यु गरेकी हुन्। ‍ मेनुकाले यसलाई गायन करिअरको टर्निङ पोइन्ट मानेकी छन्। झापास्थित बिर्तामोडमा जन्मेकी २५ वर्षीय मेनुका जन्मजात दृष्टिविहीन हुन्।

फिल्म ‘सलारः पार्ट वन सिसफायर’ २२ डिसेम्बरमा प्रदर्शन हुनेछ। प्रशान्त नीलको निर्देशित फिल्ममा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन, जगपति बाबुलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक नीललै नै फिल्मको कथा तथा पटकथा लेखेका छन्। फिल्मका निर्माता विजय किरागन्दुर हुन्।

प्रकाशित: २८ मंसिर २०८० १२:०९ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast