इस्लिङ्टन कलेजको काठमाडौँ दीक्षान्त समारोह सम्पन्न

हिमाल प्रेस २७ मंसिर २०८० १६:५०
इस्लिङ्टन कलेजको काठमाडौँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ– कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा स्नातक तहअन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीका ७१० जना विद्यार्थी सहभागी भएका थिए।

स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आईटी तह पूरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भए।

यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको थियो। साथै आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएका थिए।

प्रकाशित: २७ मंसिर २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =