‘खल्ती’ बन्यो द भ्वाइस अफ नेपालको भोटिङ पार्टनर

हिमाल प्रेस २७ मंसिर २०८० १६:३५
‘खल्ती’ बन्यो द भ्वाइस अफ नेपालको भोटिङ पार्टनर

काठमाडौँ– भुक्तानी सेवा प्रदायक खल्ती द भ्वाइस अफ नेपालसँग भोटिङ र टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने द भ्वाइस अफ  नेपाल – सिजन ५ का सहभागीलाई  ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन्|

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टीभी गायन प्रतियोगिताको एक फ्रेन्चाइज हो। जुन नेपालमा सन् २०१८ मा द भ्वाइस नेपाल नामक टेलिभिजन शोबाट सुरु भएको थियो। द भ्वाइस अफ नेपालले बालबालिकाहरूलाई केन्द्रित गरि आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि संचालन गरिसकेको छ।

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ हिमालयन टीभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण भइरहेको छ। कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक उदय सोताङ , प्रमोद खरेल , राजेशपायल राई र गायिका मिलन नेवारलाई देख्न सकिन्छ। ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको  ब्याटल राउन्ड र  नक आउट राउण्ड सम्पन भएको छ। ब्याटल राउन्डको अन्त्यसँगै अब लाइभ राउण्ड सुरु भएको छ। जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्टलाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

प्रकाशित: २७ मंसिर २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =