कामना सेवा विकास बैंक र हातेमालो फाइनान्सबीच सम्झौता

हिमाल प्रेस २५ मंसिर २०८० १५:५८ | Monday, December 11, 2023
कामना सेवा विकास बैंक र हातेमालो फाइनान्सबीच सम्झौता

काठमाडौँ– कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँग सम्झौता गरी ‘फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ।

यस सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सिआस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्।

आफ्ना ग्राहकलाई सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

काठमाडौँ– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५ वटा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २५ मंसिर २०८० १५:५८ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast