एनटीसीको फोन प्रयोगकर्तालाई एक महिना निःशुल्क डाटा

हिमाल प्रेस २५ मंसिर २०८० १५:५१ | Monday, December 11, 2023
एनटीसीको फोन प्रयोगकर्तालाई एक महिना निःशुल्क डाटा

काडमाडौँ– एनटी फाइबर प्रविधिअन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रूपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्।

नेपाल टेलिकमले मंसिर २५ देखि लागू हुनेगरी एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रूपमा एक महिन सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको हो।

यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ। त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ। एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सःशुल्क सेवा प्रयोग गर्न सक्नेछन्।

प्रकाशित: २५ मंसिर २०८० १५:५१ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast