इस्लिङटन कलेजमा साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

हिमाल प्रेस २५ मंसिर २०८० १५:४० | Monday, December 11, 2023
इस्लिङटन कलेजमा साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

काठमाडौँ– उच्च शिक्षाको अग्रणी संस्थामध्ये एक इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ। कार्यक्रम लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो। जसले नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउन इस्लिङटन कलेजको समर्पणलाई बलियो बनाउँछ।

अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने हो। शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्वविद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेनभित्र उदीयमान प्रविधि अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने हा । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेशन केन्द्र र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको छ।

साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल हो। जसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राख्छ। शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई बाटो दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ। अनुसन्धान केन्द्रले नेपालको महत्त्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारी नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्दछ।

प्रकाशित: २५ मंसिर २०८० १५:४० | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast