सेयर बजारमा तीव्र उतारचढाव, ४ अर्ब ८४ करोडको कारोबार

हिमाल प्रेस २५ मंसिर २०८० १५:२१ | Monday, December 11, 2023
सेयर बजारमा तीव्र उतारचढाव, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से)मा तीव्र उतारचढाव देखिएको छ। १९९० बिन्दुबाट सुरु भएको कारोबार व्यापक उतारचढावकाबीच १९४९ बिन्दुमा झरेको छ। आज समग्र नेप्से परिसूचक १५.४० अंकले घट्यो।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजारप्रति खुकुलो नीति लिएपछि आइतबार बजार १११ अंकले बढेको थियो। तर आज त्यो लय बिग्रिएको छ।

कारोबार रकम भने सोमबार उल्लेख्य रूपमा उकालो लागेको छ। आज कुल ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले सोनापुर मिनिरल्स एण्ड ओयल शीर्ष स्थानमा रह्यो। यसको २५ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

सोमबार बोटलर्स नेपाल बालाजु लिमिटेड, सामुदायिक लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आज कारोबार भएकामध्ये तीन कम्पनीको मूल्य स्थिर रह्यो। ८१ कम्पनीको मूल्य घट्यो भने १५७ कम्पनीको मूल्य बढेको छ।

आज निर्जिवन बिमा उपसमूहको सूचक १.३७ प्रतिशतले बढ्यो। त्यस्तै सामूहिक लगानीको कोषको २.१६, लघुवित्त ०.४४ र उत्पादन ०.२७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै विकास बैंक उपसमूहको सूचक २.०९ प्रतिशतले घटेको छ।

प्रकाशित: २५ मंसिर २०८० १५:२१ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast