काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन्। आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताए।
महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए। उनले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् भन्दै प्रश्न गरे।महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए।
प्रकाशित: २४ मंसिर २०८० १६:२८
प्रतिक्रिया