प्रतीकात्मक तस्बिर।
काठमाडौँ- अवैध मतपत्रसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट नेपालको दशौतातर्फ आउँदै गर्को भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार विहारका इजाजत अहमतलाई सशस्त्र प्रहरी बल पर्साले नियन्त्रणमा लिएको हो।
प्रहरीले जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।
प्रकाशित: ३० कार्तिक २०७९ १२:०८ | Wednesday, November 16, 2022
प्रतिक्रिया




