रिलायबल लाइफले घोषणा गर्‍यो नयाँ बोनस दर

हिमाल प्रेस २४ मंसिर २०८० १४:३६ | Sunday, December 10, 2023
रिलायबल लाइफले घोषणा गर्‍यो नयाँ बोनस दर

काठमाडौँ- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीको जीवन बिमा लेखहरूमा उक्त बोनस दर कायम हुने गरी सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

कम्पनीको विभिन्न बिमा योजनाअन्तर्गत रिलायबल सावधिक जीवन बिमा योजनामा न्यूनतम प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनस दर कायम गरिएको छ। यस्तै रिलायबल लघु सावधिक जीवन बिमा र रिलायबल सजिलो जीवन बिमा (एकल तथा सीमित अवधि भुक्तानी) योजनामा सबै बिमा अवधिका लागि क्रमशः ३० रुपैयाँ र २५ रुपैयाँ बोनस दर कायम गरिएको छ।

रिलायबल सजिलो जीवन बिमा (एकल तथा सीमित अवधि भुक्तानी) योजनामा कम्पनीको सबै बिमा अवधिका लागि २५ रुपैयाँ बोनस दर, रिलायबल सुलभ जीवन बिमालेख सुलभ बाल जीवन बिमा प्लस योजनामा पाँचदेखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २४ रुपैयाँ बोनस कायम गरिएको छ।

१० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि प्रतिहजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दामाथि अवधिका लागि प्रतिहजार ४० रुपैयाँ कायम गरिएको छ। यसैगरी रिलायबल उच्चशिक्षा योजना (बालबच्चाको सावाधिक बिमालेख) मा पाँचदेखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ बोनस दर कायम भएको छ।

सावधिक तथा आजीवन बिमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम गरिएको छ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बिमा योजना योजनाको हकमा १०, १२ र १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनस दर कायम भएको छ। कम्पनीको रिलायबल समुन्नति जीवन बिमा योजनाका लागि सबै बिमा लेखमा प्रतिहजार २० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

प्रकाशित: २४ मंसिर २०८० १४:३६ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast