भिभो वाई २७ एस सार्वजनिक

हिमाल प्रेस २४ मंसिर २०८० १३:३५
भिभो वाई २७ एस सार्वजनिक

काठमाडौँ– भिभोले वाई सिरिजअन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ एस नेपालमा सार्वजनिक गरेको छ। यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमता रहेको छ। अल्ट्रा स्लिम डिजाइनमा रहेको वाई २७ एस दुई रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध छ।

यस स्मार्टफोनको लञ्चसँगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक ह्याचभिभोकुलएम्ब्यासडर अफरअन्तर्गत तीन जना विजेतालाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्नेछ।

वाई२७ एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ, जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ। साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ। यसबाहेक ८ जीबी + ८ जीबी एक्सटेन्डेड ¥यामले सहज र निर्वाध अनुभव प्रदान गर्दछ। फाइल र डकुमेन्ट राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीबी रोम पनि रहेको छ। स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ।

यसको २.५ डी फ्ल्याट फ्रेम र अल्ट्रा स्लिम डिजाइनले दुवै कार्यक्षमता तथा एस्थेटिक अपील सुनिश्चित गर्दछ। सहज र सुरक्षित पहुँचको लागि डिजाइन गरिएको यस फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सुविधा रहेको छ। वाई २७ एसमा ५० एमपी एचडी मेन क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी एचडी फ्रन्ट क्यामेरालगायतका अत्याधुनिक सुविधा समावेश छन्।

ह्याचभिभोकुलएम्ब्यासडर अभियानले प्रयोगकर्तालाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भिभो वाई सिरिजको कूल एम्बेसेडर बन्न आमन्त्रित गर्दछ। सहभागीमध्ये सबैभन्दा बढी मन पराइएको भिडियोबाट पहिलो विजेताले भिभो वाई २७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसरसहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन्। यस बाहेक वाई २७ एस खरिद गर्ने पहिलो ५००० ग्राहकले निःशुल्क इयरबड प्राप्त गर्नेछन्। यो अभियान ११ डिसेम्बर २०२३ देखि सुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध हुनेछ। यो स्मार्टफोनको मूल्य २४ हजार ९९९ तोकिएको छ।

प्रकाशित: २४ मंसिर २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =