काठमाडौँको आकाश धुम्म, जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस

हिमाल प्रेस ७ पुष २०७९ ९:४४ | Thursday, December 22, 2022
काठमाडौँको आकाश धुम्म, जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस

काठमाडौँ- देशभर क्रमिक रूपमा चिसो बढ्दै गएको छ। तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। अन्य ठाउँको न्यूनतम तापक्रम पनि घट्दै गइरहेको छ।

अहिले काठमाडौँको आकाश पनि धुम्म छ। बिहानैदेखि घाम देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान काठमाडौँको न्यूनतम तापक्रम ६.५‍ डिग्री सेल्सियस छ। अधिकतम तापक्रम भने १९.५ डिग्री सेल्सियस छ।

मौसमविदहरूका अनुसार साँझ र बिहान बढी चिसो हुने गरेको छ। सबैभन्दा कम तापक्रम जुम्लामा छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ६.१ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस छ।

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोधसमेत गरेको छ।

हेर्नुहोस् कुन ठाउँको तापक्रम कति?

प्रकाशित: ७ पुष २०७९ ९:४४ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast