बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

हिमाल प्रेस ७ पुष २०७९ ९:३० | Thursday, December 22, 2022
बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन संघ, नेपाल नेत्र ज्योती संघ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए।

उनीहरूको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो। शिविरबाट पालिकाभित्रका छ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताए।

‘गाउँपालिकाभित्र रहेका आठ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी छ’, भट्टले भने। उनीहरूको यही पुस ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ।

शिविरमा आँखा परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

प्रकाशित: ७ पुष २०७९ ९:३० | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast