काठमाडौँ– शाओमीको रेड्मी १२–सी नेपाली स्मार्टफोन बजारमा निकै रुचाइएको फोन बनेको छ। यस स्मार्टफोनले उत्कृष्ट सुविधाका साथ प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्दछ।
रेड्मी–१२ सी को ३ जीबी+३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य १३ हजार ४९९ रहेको छ। थप स्टोरेज चाहने ग्राहकको लागि ४ जीबी +६४ जीबी भेरियन्ट १४ हजार ४९९ र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र १६ हजार ९९९ रहेको कम्पनीले जनाएको छ।
मेडियाटेक हेलिओ जी–८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी–१२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ। १२ सीमा ५० एमपी डुयल रियर क्यामेरा जडान गरिएको छ। मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ५,००० एमएच ब्याट्रीको साथमा ठूलो ६.७१ एमएम एचडी प्लस डिस्प्ले रहेको छ।
प्रकाशित: २० मंसिर २०८० १७:०४ | Wednesday, December 6, 2023
प्रतिक्रिया



