नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा

हिमाल प्रेस २० मंसिर २०८० १२:४१
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा

काठमाडौँ– बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा सुरू गरेको छ। यसमार्फत ‘आउनवार्ड क्लियरिङ’ चेक ग्राहक स्वयंले मेसिनमार्फत खातामा रकम जम्मा गर्न सक्नेछन्।

यसमार्फत कार्यालय समय बाहेकका समयमा पनि चेक जम्मा गर्न सकिनेछ। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्त रूपमा कारोबार हुने बैंकले जनाएको छ।

यो सेवा नबिल बैंकका काठमाडौँ उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट सञ्चालनमा ल्याइएको छ। उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने छ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ। नबिल बैंकका १८ लाखभन्दा बढी ग्राहक छन्।

प्रकाशित: २० मंसिर २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =