खल्तीबाट ५० रुपैयाँको टपअपमा थाइल्याण्ड घुम्ने अवसर

हिमाल प्रेस १९ मंसिर २०८० १६:२४
खल्तीबाट ५० रुपैयाँको टपअपमा थाइल्याण्ड घुम्ने अवसर

काठमाडौँ– ‘खल्ती’ले टपअपमा थाइल्याण्ड भ्रमणको नयाँअफर ल्याएको छ। यस अफरअन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मसिंर १५ देखि पुस २९ सम्म ५० रुपैयाँको टपअप गरि थाइल्याण्ड भ्रमणको लक्की ड्रमा सहभागी हुन सक्नेछन्। साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन।

यो अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिस सेक्सनमा रहेको ‘टपअपमा थाइल्याण्ड ट्रिप’ आइकनबाट ५० को रिचार्ज गर्नुपर्नेछ। रिचार्ज गरेपश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन्। केवाईसी अपडेर गरेर पनि ग्राहक तुरुन्तै योजनामा सहभागी हुन सक्नेछन्।

यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्तामध्ये एक जोडी विजेताको घोषणा अफर सकिएको हप्ता दिन भित्रमा खल्तीको फेसबकु लाइभमार्फत हुनेछ।

प्रकाशित: १९ मंसिर २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =