काठमाडौँ- लेन्समी अपले वर्कस्पेस सार्वजनिक गरेको छ। वर्कस्पेसबाट नयाँ समूह बनाउन, जोड्न, साझेदारीमा व्यवस्थित रूपमा काम गर्न सघाउँछ।
वर्कस्पेसबाट काम, फाइल आदानप्रदान र कार्यालयको अनुगमन गर्नुको साथै कामको प्राथमिकता तय गर्न सकिन्छ।
थोरै समयमा धेरै काम लिनको लागि वर्कस्पेस उपयुक्त प्रविधि भएको लेन्समी अपले जनाएको छ।
यसको प्रयोग ठूला कम्पनीदेखि व्यक्तिगत रूपमा पनि गर्न सकिन्छ। सुरुको तीन महिना वर्कस्पेसको सम्पूर्ण सेवा निःशुल्क दिइएको कम्पनीको भनाइ छ।
प्रकाशित: ६ पुष २०७९ १६:३९ | Wednesday, December 21, 2022
प्रतिक्रिया



