नेप्सेको ओरालो यात्रा, सातामै घट्यो ५० अंक

हिमाल प्रेस १४ मंसिर २०८० १५:४० | Thursday, November 30, 2023
नेप्सेको ओरालो यात्रा, सातामै घट्यो ५० अंक

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८ अंकले घटेको छ। यो साताको पहिलो दिन आइतबार ४७.७५ अंकले बढ्दै परिसूचक १९०८ बिन्दुमा उक्लिएको थियो। तर त्यसपछिका सबै कारोबारमा लगातार घट्दै बिहीबार परिसूचक १८५८ बिन्दुमा ओर्लिएको छ।

आज ३२ कम्पनीको मात्रै मूल्य बढेको छ। २०१ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। बिहीबार कुल २८९ कम्पनीको ४५ लाख ९५ हजार कित्तामात्रै किनबेच भयो। ३७ हजार पटक कारोबार हुँदा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।

आज रकमका हिसाबले नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ। यसको ११ करोड ६७ लाखको सेयर किनबेच भएको छ। दोस्रोमा सोनापुर मिनिरल्स एण्ड ओयल लिमिटेडको ८ करोड रुपैयाँको कारोबार भयो।

आज सामूहिक लगानीको कोष उपसमूहको सूचक ०.११ प्रतिशतले बढ्यो। बाँकी सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: १४ मंसिर २०८० १५:४० | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast