हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ बिहीबारदेखि

हिमाल प्रेस १४ मंसिर २०८० १४:०१
हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ बिहीबारदेखि

काठमाडाैँ- नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ। मंसिर १४ गते बाट सुरु हुने यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो। यो योजना नेपालभर नै लागू हुने भएको छ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो  गाडीको बजारको प्रचलित मूल्याङ्कनभन्दा न्यूनतम रु. ५० हजार थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु. ५० हजारसम्मको ‘गो ग्रीन’ बोनस पनि प्राप्त गर्न सक्नेछन्|

विभिन्न मोडलको खरिदमा नगद रु. ६ लाखसम्मको आकर्षक छुटका साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ र  हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहार पनि जित्न सकिने कम्पनीले उल्लेख गरेको छ।

यस एक्सचेन्ज योजना सहभागी भइ उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनोट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनले विश्वभर करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।

प्रकाशित: १४ मंसिर २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =