काठमाडौँ– एशियन पेन्टस् नेपालले भूकम्प प्रभावितका लागि बनाइएको कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा बनाइएको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो। उक्त चेक एशियन पेन्टस् नेपाल प्रालिका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
प्रकाशित: १३ मंसिर २०८० १४:५६ | Wednesday, November 29, 2023
प्रतिक्रिया



