एभरेष्ट बैंकको डिजिटल लिट्‌रेसीसम्बन्धी भिडियो

हिमाल प्रेस १२ मंसिर २०८० १६:१६ | Tuesday, November 28, 2023
एभरेष्ट बैंकको डिजिटल लिट्‌रेसीसम्बन्धी भिडियो

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्‌रेसीअन्तर्गत वित्तीय चेतनामूलक पाँचवटा भिडियो निर्माण गरेको छ।

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए।

भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा, बत्ती तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोगसम्बन्धी विधि रहेको छ। उक्त भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ।

बैंकले नेशनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारीसमेत गराएको छ।

प्रकाशित: १२ मंसिर २०८० १६:१६ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast