फिनपस कारोबार अब साउण्ड प्रविधिमा

हिमाल प्रेस १२ मंसिर २०८० १२:४९ | Tuesday, November 28, 2023
फिनपस कारोबार अब साउण्ड प्रविधिमा

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले पस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेशन प्रविधिको शुभारम्भ गरेको छ। यो प्रविधिमा नेपालभरका फिनपस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने माछापुच्छ्रे बैंकले जनाएको छ। अब माछापुच्छ्रे बैंकका फिनपस मर्चेन्टले कार्डमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुनेछ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ। साथै नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपस राख्ने मर्चेन्ट प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै अन्य कुनै मर्चेन्टलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ«े बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी सेवा सजिलै जडान गर्न सक्नेछन्। बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

प्रकाशित: १२ मंसिर २०८० १२:४९ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast