घर बनाउनेलाई शिवम् सिमेन्टको सन्देश

हिमाल प्रेस १२ मंसिर २०८० १२:३२ | Tuesday, November 28, 2023
घर बनाउनेलाई शिवम् सिमेन्टको सन्देश

काठमाडौँ– नयाँ घर बनाउने योजनामा रहेका र बनाइरहेकाहरूका लागि शिवम् सिमेन्टले सन्देश लिएर आएको छ।

एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत शिवम् सिमेन्टको ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँजुग रहने घर बनाउने उपायसहितको छ। सन्देशमा घर निर्माणका लागि जनचेतनामूलक सामग्री समेटिएको छ।

यसमा घर निर्माण पूर्व योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्त्वपूर्ण जानकारी समावेश गरिएको छ।

घर बनाउने जग्गाको छनोट गर्ने सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने? जस्ता उपयोगी जानकारी समेटिएको छ।

भूकम्प र बाढी–पहिराजस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महत्त्व कति हुन्छ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्नेजस्ता जटिल लाग्ने प्रश्नको सरल जनबोलीमा दिइएका सल्लाह र सुझाव ‘शिवम् सन्देश’मा समेटिएका छन्। साथै साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझाव पनि ‘शिवम् सन्देश’मा समेटिएको छ।

सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि सिमेन्टको उत्पादन गर्दै आएको छ। ‘शिवम् सन्देश’, शिवम् सिमेन्टको आधिकारिक बेवपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा उपलब्ध छ।

प्रकाशित: १२ मंसिर २०८० १२:३२ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast