कार्यकर्ता पक्राउ परेपछि पहिचानवादी समूहले गरे मेची राजमार्ग बन्द

हिमाल प्रेस १२ मंसिर २०८० १०:११
16
SHARES
कार्यकर्ता पक्राउ परेपछि पहिचानवादी समूहले गरे मेची राजमार्ग बन्द पहिचानवादीको बन्दका कारण सुनसान बनेको मेची राजमार्गस्थत फिक्कल-झापा सडक खण्डको कन्याम। तस्बिर : सामाजिक सन्जाल

इटहरी- नेकपा एमाले नेता योगेश भट्टराईको गाडी तोडफोड गर्ने पक्राउ परेपछि पहिचानवादीले मेची राजमार्ग बन्द गरेका छन्।

झापाबाट इलामतर्फ जान लागेका सवारीसाधनमा अवरोध भएको हो। पहिचानवादी समूहले मेची राजमार्गमा सवारीसाधन बन्द गरेको हो। भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले सवारी साधन चल्न रोक लगाएका हुन्।

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए।

उक्त घटनामा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवालाई प्रहरीले पक्राउ गरेपछि बिना सर्त रिहाइको माग राखेर पहिचानवादीहरू आन्दोलनमा उत्रिएका हुन्।

झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधनमाथि अवरोध पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

अवरोधका बीच इलामतर्फ जाने सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यतर्फ पठाइरहेको उनले बताए।

पूर्वी पहाडी क्षेत्रमा पनि पहिचानवादीहरूले मंगलबार यातायात अवरुद्ध पारेको जनाइएको छ। बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधनमा अवरोध भएको छ।

प्रकाशित: १२ मंसिर २०८० १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast