बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

हिमाल प्रेस १२ मंसिर २०८० ७:१२ | Tuesday, November 28, 2023
बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते फाइल तस्बिर- फ्लिकर।

काठमाडौँ- बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

घाइते शर्माको ठेगाना थाहा हुन नसके पनि भारतीय नागरिक रहेको प्रहरी जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८० ७:१२ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast