उत्तेजक अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

हिमाल प्रेस ११ मंसिर २०८० १६:१८ | Monday, November 27, 2023
उत्तेजक अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

काठमाडौँ- दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।

प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए। त्रिशुलसहित पुगेका उनको टोलीले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि पक्राउ गरिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ। विगत केही दिनदेखि प्रसाईंले राजतन्त्रको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन्।

गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन सुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो।

लगत्तै प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

प्रकाशित: ११ मंसिर २०८० १६:१८ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast