डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना सार्वजनिक

हिमाल प्रेस ११ मंसिर २०८० १५:५२ | Monday, November 27, 2023
डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना सार्वजनिक

काठमाडौँ- डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरूमा भारी छुट दिने भएको छ। यस अफरअन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र रु ६,६८५ भ्याट बाहेकमा जडान गर्न सक्नेछन्।

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ। यसअघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य रु७,७९९ पर्ने गर्दथ्यो।

यो १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरू जडान गर्न सक्नेछन्। जसमा ग्राहकहरूले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन्।

यस अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ। ५० एमबीपीएसको २४ महिने अफरको मुल्य रु १०,४९९ भ्याटबाहेक पर्ने रहेको छ।

प्रकाशित: ११ मंसिर २०८० १५:५२ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast