वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकको सामाजिक काम

हिमाल प्रेस ११ मंसिर २०८० १३:०१ | Monday, November 27, 2023
वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकको सामाजिक काम

काठमाडौँ– आफ्नो वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले विभिन्न सामाजिक काम गरेको छ। गरिमा विकास बैंक १७औँ वर्षमा प्रवेश भएको छ।

वार्षिकोत्सवको अवसरमा काठमाडौँको पुतलीसडकमा १२३औँ शाखा पनि खुलेको छ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ शाखा कार्यालय र ५१ एटीएमबाट देशभर सेवा दिइरहेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस विकास बैंकले ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानी गरेको छ।

वार्षिकोत्सवको अवसरमा विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको छ। क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ।

यस्तै क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको छ। बैंकले गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरणसमेत गरेको छ।

शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था स्याङ्जा र गुरुकुल वृद्धाश्रम स्याङ्जामा न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ।

त्यस्तै झापाको विर्तामोड नगरपालिकाका सबै वडाका लागि डस्टबिन हस्तान्तरण, भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था चितवनमा डस्टबीन हस्तान्तरण पनि गरिएको छ।

जनता माध्यमिक विद्यालय मलंगवा सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीका लागि स्कुल ब्याग वितरण, अनाथ तथा असहाय महिला कल्याण समाज रुपन्देहीको अनाथ आश्रममा इन्भर्टर हस्तान्तरणलगायत कार्यक्रम गरिएको बैंकको भनाइ छ।

प्रकाशित: ११ मंसिर २०८० १३:०१ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast