काठमाडौँ– डाबर नेपालले भूकम्प प्रभावितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ।
डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। डाबर नेपालले संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग ऐक्यवद्धता जनाएको बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष ईश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह बेदीलगायतले चेक हस्तान्तरण गरेका छन्।
प्रकाशित: १० मंसिर २०८० १२:२५ | Sunday, November 26, 2023
प्रतिक्रिया



