अब ठोरीमा कम्युटरबाट बिरामी जाँच

हिमाल प्रेस ९ मंसिर २०८० १०:५० | Saturday, November 25, 2023
अब ठोरीमा कम्युटरबाट बिरामी जाँच

पर्सा- ठोरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा बिरामी जाच्न कम्प्युटरको प्रयोग थालिएको छ। रोगलागेको स्थानको फोटो खिचेर कम्प्युटरमा अपलोड गरेपछि केही सेकेन्डमै रोग पहिचान गरिन्छ।

यो प्रविधि पर्सा जिल्लामै पहिलोपटक ठोरीमा ल्याउन लागिएको हो। यसअघि नेपाल भरमा मोरङ र बाराको एकएक वटा गाउँपालिकामा मात्र प्रयोगमा आएको छ। उक्त प्रविधि मार्फत रोगीहरुको आर्टिफिसियल इन्टलिजेन्ट एप्लिकेसनमार्फत केही मिनेटमै समस्या पत्ता लगाइ भरपर्दो र विश्वासनीय उपचार हुने भएको छ।

ठोरी गाउँपालिकाको निर्मलबस्ती स्वास्थ्य चौकीमा डिजिटल प्रविधिमार्फत आँखा, कान र घांटीका गम्भीर रोगहरुको विशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच हुने भएको हो।

आज ठोरी गाउँपालिका र बीपी आई फाउन्डेसन बीच टेली मेडिसीन परियोजना संचालनका लागि सम्झौता भएको छ। ठोरी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गापा अध्यक्ष लालबहादुर श्रेष्ठ र फाउन्डेसनको तर्फबाट शशी भट्टराईले सम्झौतामा हस्ताक्षर गरेकी हुन्।

उक्त परियोजना मार्फत आँखा, कान र घाँटीका बिरामीको डिजिटल सिस्टमबाट रोग भएको स्थान(घाउ वा अरू केही) को फोटो तथा आवश्यकता अनुसार भिडियोको अनलाइन सिस्टम मार्फत विशेषज्ञ डाक्टरहरुले चेकजाँच गरिन्छ।

साथै सामान्य समस्या भएका बिरामी तथा पहिचान गर्न गाह्रो हुने समस्याका रोगहरुको आर्टिफिसियल इन्टलिजेन्ट एप्लिकेसनमार्फत उपचार हुने जनाइएको छ।

कार्यक्रममा परियोजनाको तर्फबाट डा प्रनिता उपाध्याय, फाउन्डेसनको तर्फबाट डा प्रशान्त पौडेलले कार्यक्रम बारे जानकारी दिएका थिए।

प्रकाशित: ९ मंसिर २०८० १०:५० | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast