दुर्गा प्रसाईलाई नजरबन्द नगरिएको गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण

हिमाल प्रेस ८ मंसिर २०८० १३:५७ | Friday, November 24, 2023
दुर्गा प्रसाईलाई नजरबन्द नगरिएको गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले दुर्गा प्रसाईलाई नजरबन्द नगरिएको बताएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले नजरबन्द भनेर झुटो प्रचार गरिएको स्पष्टीकरण दिएको छ।

गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले सामाजिक सन्जालमार्फत नजरबन्द भनेर भ्रम फैलाएको बताएका छन्।

‘दुर्गा प्रसाई गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो’ गिरीले भनेका छन्।

हिजोको प्रदर्शनमा द्वीपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको बताए।

‘केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको’ गिरीले भने, ‘प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ।’

प्रकाशित: ८ मंसिर २०८० १३:५७ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast