काठमाडौँ– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा रनरअपको रूपमा सम्मानित भएको छ।
इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड, २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रनरअपको रूपमा मंसिर ७ गते सम्मानित भएको हो।
विश्वविख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै संस्थाद्वारा स्वतन्त्र मूल्यांकन गरि विभिन्न वित्तीय सूंचांकमा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।
आइएमई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका छन्।
प्रकाशित: ८ मंसिर २०८० १३:४८ | Friday, November 24, 2023
प्रतिक्रिया



