भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एभरेष्ट बैंकको एटीएम

हिमाल प्रेस ८ मंसिर २०८० १३:४० | Friday, November 24, 2023
भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एभरेष्ट बैंकको एटीएम

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ मा रहेको जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा एटीएम राखेको छ।

एटीएम बुथको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवश न्यौपानेले संयुक्त रूपमा गरेका हुन्। योसँगै बैंकको एटीएम संख्या १६३ पुगेको छ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले एटीएम सेवा विस्तारसँगै मिल्समा कार्यरत सम्पूर्ण कर्मचारी तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानीय बासन्दालाई बैंकिङ पहुँच थप सहज र सरल हुने बताए।

सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरलाई वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरेको छ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकका १३ लाखभन्दा बढी ग्राहक छन्। बैंकका देशभर १२७ शाखा ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय रहेका छन्।

प्रकाशित: ८ मंसिर २०८० १३:४० | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast